२०७२ पछिको ८ वर्ष : बढ्दो भुक्तानी चापका बिच कस्तो छ बजेट खर्चको शृङ्खला ?

रातोपाटी

काठमाडौं

नेपालको संविधान, २०७२ जारी भएपश्चात ८ वटा आर्थिक वर्षको बजेट सार्वजनिक भए । आर्थिक वर्ष २०७३-७४ देखि चालु आर्थिक वर्ष (२०८०-८१) सम्म आइपुग्दा सार्वजनिक भएका ८ वटा बजेटमध्ये कुनै पनि पूर्ण रुपमा कार्यान्वयन हुन सकेनन् ।

बजेट कार्यान्वयनको ८ वर्षको स्थिति हेर्दा दुई आर्थिक वर्ष २०७४-७५ र २०७५-७६ बाहेक अरु आर्थिक वर्षको बजेट कार्यान्वयन ८० प्रतिशत कट्न सकेको छैन ।

महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७४-७५ मा विनियोजित बजेटको अधिकतम ९२.९१ प्रतिशत कार्यान्वयन (खर्च) भएको थियो भने २०७५-७६ को बजेट ८४.४४ प्रतिशत कार्यान्वयन भएको देखिन्छ । यी दुई आर्थिक वर्षका लागि क्रमशः १२ खर्ब ७८ अर्ब ९९ करोड ४८ लाख रुपैयाँ र १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

प्रकाशित मिति: : 2024-05-23 10:37:00

प्रतिकृया दिनुहोस्