प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउलाई एउटा अदालती प्रकृया भएको बताउँदै बढ्ता होहल्ला गर्न जरुरी नरहेको बताएका छन्।
बुधबार कान्तिपुर टिभीलाई छोटो प्रतिकृया दिँदै उनले भने, ‘सिरोहिया पक्राउ विषय पहिले अदालतले अगाडि बढाउ भनेको हो। यो अदालती प्रकृया हो। यसमा बढ्ता होहल्ला गर्न जरुरी छैन।’
सिरोहिया पक्राउलाई सरकारले रिसिबी साँधेको भन्ने छ नि भन्ने प्रश्नमा उनले भने, ‘सरकारले रिसिबी साँधेको भन्ने कुरा गलत हो। उहाँ (सिरोहिया)सँग केको रिसिबी?’
गृहमन्त्रीले व्यक्तिगत रुपमा रिसिबी साँधेको भन्ने कुराको पनि प्रचण्डले खण्डन गरे। उनले भने, ‘व्यक्तिगत रुपमा आएको भन्ने कुरा मान्छेले भन्ने कुरा न हो।’ साथै प्रचण्डले सिरोहिया निर्दोष रहेको भन्दै अदालती प्रकृयाबाट सजिल्यै छुट्ने पनि बताए।