पशुपतिनाथ मन्दिरमा चढाइएको भेटी चारीमा संलग्न भएकाे आराेपमा पक्राउ परेका कर्मचारीले पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले चाेर्न लगाएकाे दाबी गरेका छन्।
साेमबार पशुपतिनाथ मन्दिरको भेटी चोरी गर्दै गर्दा कोषका कर्मचारी अनिल परियारसहित आठ जनालाई पक्राउ गरिएकाे थियाे।
परियारले कोषाध्यक्ष सुवेदीकाे निर्देशनमा भेटी चाेरिएकाे बयान दिएका छन्। ‘सिसिटिभी छ, हामी यस्तो काम नगर्ने भनेका थियाैँ, उहाँले केही हुँदैन, गर भन्नुभयो’, उनले भनेका छन्।
पक्राउ पर्नेमा कोषका नायव सुब्बा नवराज ढोडारी, मन्दिरका ब्राह्मणहरू नवराज घिमिरे, राम सापकोटा र लक्ष्मण सापकोटा, मन्दिरमा बाजा बजाउने कर्मचारीहरू अनिल परियार, सनिष कपाली, कुमार दमाइ र पशुपतिनाथ मन्दिर परिसरमा रहेको नेपाल इन्भेस्टमेन्ट मेघा बैंकको रकम संकलन केन्द्रका एक कर्मचारी रहेका छन्।
पक्राउ परेका उनीहरूलाई छानबिनका लागि प्रहरी वृत्त गौशाला राखिएकाे छ।