हामी सरकारमा छौँ तर सत्ता त अर्कैले चलाइरहेको रहेछ: गृहमन्त्री लामिछाने

गृहमन्त्री रवि लामिछानेले ‘काम गर्न आएको’ रास्वपामाथि राजनीतिक अन्याय भएको बताएका छन्।

संसदलाई सम्बोधन गर्दै उनले आफूहरू सरकारमा भए पनि सत्ता भने अर्कैले चलाइरहेको आरोप लगाए।

‘काम गर्न आएको रास्वपामाथि ठूलो अन्याय र अच्याचार गरियो’, उनले भने, ‘सत्ता र सरकार फरक कुरा रहेछ। हामी सरकारमा त छौँ तर सत्तामा रहेनछौँ।’

उनले फौजदारी अभियोग लगाइनुपर्ने सहकारीको मुद्दालाई समिति बनाएर प्रचलित कानुनहरूलाई प्रतिर्स्थापन गर्न खोजिएको पनि बताए।

‘सहकारीको पैसा अपचलन फौजदारी कानुन आकर्षित हुने मुद्दा हो। प्रचलित कानुनको अधीनमा रही अनुसन्धानको लागि म तयार रहेको अवस्थामा छु’, उनले भने, ‘फौजदारी मुद्दाको छानिबिन र अनुसन्धान संसदीय समितिले प्रतिर्स्थापन गर्न सक्दैन।’

उनले सरकारको बेथिति छानिबिनका लागि समिति बनाउने कुरामा कहिल्यै बिमती नभएको पनि दाबी गरे।

‘त्यसमा हाम्रो कहिल्यै बिमती थिएन। बरु कस्तो र कसरी बनाउने भन्नेमा मात्रै केही असहमति थिए’ उनले भने ‘संसदीय छानबिनबाट म कहिल्यै डराइनँ। तर कस्तो थिति र नजिर बसाउने भन्ने डर थियो।’

प्रकाशित मिति: : 2024-05-19 18:45:00

प्रतिकृया दिनुहोस्