सुनको मूल्य प्रतितोला एक लाख ४० हजार

फाइल तस्बिर
फाइल तस्बिर

स्थानीय बजारमा सुन र चाँदीको मूल्य बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ प्रतितोलामा रु एक हजार छ सयले बढेर रु एक लाख ४० हजार पुगेको छ।

तेजावी सुनको मूल्य पनि प्रतितोला रु एक हजार पाँच सय ५० ले बढेर प्रतितोला रु एक लाख ३९ हजार तीन सय पुगेको छ। साथै चाँदीको भाउ आज प्रतितोला रु ६० ले बढेर रु एक हजार आठ सय पाँच पुगेको छ। 
 

प्रकाशित मिति: : 2024-05-16 11:46:00

प्रतिकृया दिनुहोस्