गिरीबन्धुबारे ओलीकाे आरोप- कांग्रेसले ७० बिघा जमिन कमिसन खाएर बिक्री गर्न दियाे

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले गिरीबन्धु टी-स्टेटको जग्गा कांग्रेसले बेचेर खाएको आरोप लगाएका छन्।

नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बुधबार बसेकाे संसदीय दलको बैठकमा अध्यक्ष ओलीले कांग्रेसले एकपल्ट ५१ बिघा र अर्कोपल्ट १९ बिघा गरी ७० बिघा जमिन कमिसन खाएर सट्टापट्टा गर्ने नाममा बिक्री गर्न दिएको आरोप लगाएका हुन्।

उक्त जग्गा अदालतले नियम बनाएर मात्रै काम अघि बढाउनु भनेपछि आफूहरूले नियम बनाएकाे र त्यो कार्यान्वयन पनि नभएको उनले बताए।

‘गिरीबन्धु टी–स्टेटको कुरा छ, नेपाली कांग्रेसले एकपल्ट ५१ बिघा र अर्कोपल्ट १९ बिघा गरी ७० बिघा जमिन कमिसन खाएर सट्टा पट्टा गर्ने नाममा बिक्री गर्न दिएको छ’, उनले भने, ‘पछि अदालतले नियम बनाएर मात्रै यस्ता काम अघि बढाउनु भनेपछि हामीले नियम बनाएका हौँ, त्यो कार्यान्वयन पनि भएको छैन। त्यो नियममा विभिन्न सर्त राखिएको छ। ती शर्तहरू पूरा भएर यो ठाउँको जग्गा सट्टापट्टा गर्ने, यो ठाउँको बिक्ने भनिएको पनि छैन।’

प्रकाशित मिति: : 2024-05-15 14:47:00

प्रतिकृया दिनुहोस्