संसद् भवनमा राष्ट्रपतिको स्वागतको रिहर्सल (तस्बिरहरू)

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति रामचन्द्र पौडेल आउने कार्यक्रमका लागि संसद भवन नयाँ बानेश्वरमा रिहर्सल गरिएको छ।

सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालको उपस्थितिमा राष्ट्रपतिको स्वागत र संसद भवनभित्र पुर्याएको प्रक्रियाको रिहर्सल गरिएको थियो।

सो अवसरमा एक डमी राष्ट्रपति बनाएर रिहर्सल गरिएको सभामुखको सचिवालयले जानकारी दिएको छ।

राष्ट्रपति पौडेलले आज अपरान्ह ३ बजे संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तालिका रहेको छ।

प्रकाशित मिति: : 2024-05-14 12:04:00

प्रतिकृया दिनुहोस्