अनलाइन सट्टेबाजीमार्फत २ अर्बभन्दा बढी कारोबार, काभ्रेका २४ वर्षीय युवक पक्राउ

अनलाइन सट्टेबाजी (वान एक्सबेट) मार्फत २ अर्बभन्दा बढी कारोबार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेकाे छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काभ्रेकाे मण्डनदेउपुर नगरपालिका-८ का २४ वर्षीय अनिल ढुंगानालाई पक्राउ गरेको हो।

ढुंगानाले विभिन्न व्यक्तिहरुकाे नाममा रहेकाे ११ वटा कनेक्ट आईपीएसमा ५५ वटा बैंक खाता लिंक गरी ४८ कराेड ८० लाख काराेबार गरेकाे थिए।

यसैगरी १५ वटा वालेटहरु प्रयोग गरी ५ करोडभन्दा बढी बराबरको कारोबार गरेको, ५६ वटा बैंक खाताहरु प्रयोग गरी ६१ करोड ६४ लाख बराबरको कारोबार गरेको खुल्न आएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।

उनका अनुसार ढुंगानाले बिनान्समार्फत २ वटा खाता प्रयोग गरेर विभिन्न २४३ प्रकारका क्रिप्टोकरेन्सीमा हालसम्म १ अर्ब ३४ करोड, ५२ लाखभन्दा बढी रुपैयाँ कारोबार गरेको खुलेकाे छ।

प्रकाशित मिति: : 2024-05-13 13:43:00

प्रतिकृया दिनुहोस्