राष्ट्रपति पाैडेलले दिए विश्वकप खेल्न जाने क्रिकेट खेलाडीलाई शुभकामना

फाइल तस्विर
फाइल तस्विर

राष्ट्रपति रामचन्द्र पौडेलले आइसीसी टी- २० विश्वकप प्रतियोगिताका लागि क्रिकेट खेल्ने खेलाडीलाई सफलताका लागि शुभकामना दिएका छन्।

बेस्टइन्डिज र अमेरिकामा आयोजना हुन लागेको आइसीसी टी- २० विश्वकप क्रिकेट खेल्न जाने टोलीका सदस्यलाई सफलताको  शुभकामना व्यक्त गरेकाे राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

नेपाली क्रिकेट टोली आज राति त्यसतर्फ प्रस्थान गर्दैछ। टी- २० विश्वकप जुन १ तारिखदेखि सुरु हुँदैछ।

विश्वकपमा नेपाल समूह ‘डी’मा परेको छ। यस समूहमा दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश र नेदरल्याण्ड्स छन्।

नेपालले जुन ४ तारिखमा नेदरल्याण्ड्ससँग विश्वकपको सुरुवात गर्नेछ।

प्रकाशित मिति: : 2024-05-04 17:15:00

प्रतिकृया दिनुहोस्