वेस्ट इन्डिज ए विरुद्ध बलिङमा नेपाल, पाँच खेलाडी परिवर्तन

नेपाल र वेस्ट इन्डिज ए बिचको टी- २० सिरिजको दोस्रो खेल सुरु भएकाे छ। कीर्तपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिज ए ले टस जितेर पहिला ब्याटिङ गरिरहेकाे छ।

वेस्ट इन्डिज ए का कप्तान रोस्टन चेजले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका थिए।

यसअघि शनिबार सम्पन्न खेलमा नेपालले शानदार ४ विकेटले जित हासिल गर्दै सिरिजमा १-० को अग्रता हासिल गरेको छ।

नेपाली टिमले आजको खेलमा पाँच परिवर्तन गरेको छ। आज  लोकेश बम, आरिफ शेख, सोमपाल कामी, आकाश चन्द र सागर ढकाल प्लेइङ ११ मा समावेश रहेका छन्।

नेपालको प्लेइङ ११-

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, सोमपाल कामी, आकाश चन्द, लोकेश बम र सागर ढकाल।
 

प्रकाशित मिति: : 2024-04-28 12:13:00

प्रतिकृया दिनुहोस्