रुसी सेनामा रहेका नेपालीका परिवारले रुसी दुतावास अगाडी प्रदर्शन गर्ने

रुसी सेनामा रहेका नेपालीका परिवारले रुसी राजदुतावास अगाडी प्रदर्शन गर्ने भएका छन्। 

भोलि सोमबार काठमाडौँको बालुवाटारस्थित रुसी राजदुतावास अगाडी प्रदर्शन गर्ने भएका हुन्। 

उनीहरूको बिहान १० बजे प्रदर्शन गर्ने तयारी छ।

रुसी सेनामा रहेकालाई फिर्तालगायत १३ बुँदे माग राखेर पीडित परिवार शुक्रबारदेखि माइतीघरमा धर्नामा बसेका थिए। 

माइतीघरमा धर्नामा बसेको तीन दिन हुँदा पनि सरकारले कुनै वास्ता नगरेपछि पीडित परिवार रुसी दुतावास अगाडी प्रदर्शन गर्ने तयारी गरेको हो।

याे पनि पढ्नुस्–
प्रकाशित मिति: : 2024-04-21 21:12:00

प्रतिकृया दिनुहोस्