माइतीघरमा संयुक्त पार्टीकाे प्रदर्शन, गृहमन्त्री लामिछानेकाे राजीनामा माग

धर्म निरपेक्षताकाे माग गर्दै काठमाडौँमा प्रदर्शन भएकाे छ। बुधबार संयुक्त पार्टीकाे आयाेजनामा काठमाडौँस्थित माइतीघरमा प्रदर्शन भएकाे हाे।

संयुक्त नागरिक पार्टी, आमुल परिवर्त रिपब्लिकन पार्टी, जनजागरण पार्टीले प्रदर्शन गरेकाे हाे।

गणतन्त्रात्म व्यवस्थामा जबरजस्त हिन्दु राष्ट्र माग उठिरहेकाे भन्दै धार्मिक स्वतन्त्रतासहित धर्मनिरपेक्षता कायम हुनुपर्ने रिपब्लिक पार्टीका अध्यक्ष भरत गिरीले बताए।

साथै उनीहरुले गृहमन्त्री रवि लामिछानेकाे राजीनामासमेत माग गरेका छन्।

गृह मन्त्रालयले केही दिनअघि धर्म प्रचार-प्रसार तथा धर्म परिवर्तनको नाममा विभिन्न व्यक्ति तथ संस्थाहरूले धार्मिक सम्मेलन तथा प्रशिक्षण कार्यक्रमहरू आयोजना गर्ने गरेको र त्यस्ता गतिविधिहरूको सुक्ष्म निगरानी गरी आवश्यक कारबाही गर्न भन्दै सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेकाे थियाे। साेही परिपत्रप्रति आपत्ति जनाउँदै उनीहरूले प्रदर्शन गरेका हुन्। 

उनीहरूले यो परिपत्र गृहमन्त्री रवि लामिछानेको एकल नश्लीय, असहिष्णु, गैरजम्मेवार, तानाशाही, मनोमानी चरित्रको प्रतिबिम्ब भएकाे आराेप लगाएका छन्।

संयुक्त नागरिक पार्टीले धर्म निरपेक्षता तथा आस्था विचार अभिव्यक्तिको स्वतन्त्रताको मर्मविपरीतको यस्तो आदेश बिनाशर्त तुरून्त फिर्ता लिन माग गरेकाे छ।

प्रकाशित मिति: : 2024-04-17 13:15:00

प्रतिकृया दिनुहोस्