लुम्बिनीका मुख्यमन्त्री महराले पाए विश्वासको मत

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत पाएका छन्।

मुख्यमन्त्री महराले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ४८ मत परेको छ। त्यस्तै प्रस्तावको विपक्षमा १८ मत परेको छ।

८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सदस्य आवश्यक पर्दछ। महरा नेकपा एमालेका २९, माओवादी केन्द्रका ११, नाउपाका ४, जसपाका ३, नेकपा एकीकृत समाजवादीका एक र स्वतन्त्र एक सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए।

याे पनि...
प्रकाशित मिति: : 2024-04-12 15:58:00

प्रतिकृया दिनुहोस्