नागरिक उन्मुक्तिका सांसद चौधरीलाई रञ्जिताले गरिन् निलम्बन

नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सुदूरपश्चिम प्रदेशसभा सदस्य घनश्याम चौधरी निलम्बनमा परेका छन्। 

नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले शुक्रबार प्रदेश सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाउँदै चौधरीलाई पार्टीबाट ३ महिनाका लागि निलम्बन गरिएको जानकारी दिएकी हुन्।

चौधरीलाई पार्टीका विभिन्न विषयमा छलफल गर्न पटक-पटक बोलाउँदा बैठकमा उपस्थित नभएको र स्पष्टीकरण चित्तबुझ्दो नभएकोले निलम्बन गरिएको पत्रमा उल्लेख छ।

प्रकाशित मिति: : 2024-04-12 13:24:00

प्रतिकृया दिनुहोस्