इस्लाम धर्मावलम्वीहरुले रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत आज (बिहीबार) पूरा गर्दै ‘इद-उल-फित्र’ मनाइँदै छ।
आज सरकारले सार्वजनिक बिदासमेत दिएको छ। गृहमन्त्रालयले बुधबार एक सूचना जारी गर्दै बिहीबार (आज) सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिएको हो।
नमाज पूरा गरेपछि एकअर्कालाई अङ्कमाल गरेर बधाई साटासाट गर्छन। भने, घरमा विभित्र परिकार पकाएर खाने गर्दछन्। रमजान महिना उर्दू पात्रोको अनुसार नवौँ महिना हो।
यो पर्वको ७०औँ दिनमा बकरिद अर्थात् ‘इदउलअजहा’ पर्व मनाउने गर्दछन्। यस अवसरमा मुस्लिमहरु ‘हज’का लागि साउदी अरबको मक्का मदिना जाने पनि गर्दछन्।