बिएल संवाददाता
कर्णालीमा एमाले संसदीय दलका नेता यामलाल कँडेल मुख्यमन्त्रीमा नियुक्त भएका छन्। प्रदेश प्रमुख तिलक परियारले कँडेललाई मंगलबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
यसअघि आजै नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीका २३ सांसदको हस्ताक्षरसहित नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख तिलक परियारसमक्ष दाबी पेस गरिएको थियो।
कँडेलको पक्षमा एमालेका ९, माओवादीका १३ र नेकपा एसका १ जना सांसदले समर्थन जनाएका छन्।
मुख्यमन्त्री राजकुमार शर्माले गत बुधबार राजीनामा दिएपछि प्रदेश प्रमुख तिलक परियारले दुई वा दुईभन्दा बढी दलको समर्थनमा चैत २७ गतेभित्र नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आज साँझ ५:५० बजेभित्र समय दिएका थिए।
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया