बिएल संवाददाता
सभामुख देवराज घिमिरेले बाेलाएकाे प्रमुख चार दलका शीर्ष नेताहरुकाे बैठक जारी छ। बैठक केहीबेर अगाडि सिंहदरबारस्थित सभामुखकाे कार्यकक्षमा सुरु भएकाे हाे।
उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलगायत जाेडिएकाे सहकारी ठगी प्रकरणमा छानबिन समितिकाे माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसद अवरुद्ध गर्ने चेतावनी दिएपछि सभामुख घिमिरेले छलफलका लागि शीर्ष नेताहरुलाई बाेलाएका थिए।
बैठकमा सभामुख धिमिरेसहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, काँग्रेस सभापति शेरबहादुर देउवा, एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेल, गृहमन्त्री एवम् रास्वपा सभापति रवि लामिछाने, काँग्रेस सचेतक रमेश लेखक, एमाले सचेतक महेश बर्ताैला, माओवादी केन्द्रका सचेतक हितराज पाण्डे र रास्वपा सचेतक सन्ताेष परियार सहभागी छन्।
बैठकमा गृहमन्त्री रवि लामिछाने देउवाभन्दा अगाडि पुगेका थिए। बैठक कक्षमा प्रवेश गर्दै गर्दा देउवा लामिछानेतिर हेर्दै मुस्कुराएका थिए।
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया