गण्डकीकाे मुख्यमन्त्रीमा एमालेका खगराजकाे दाबी पेस, सभामुख र मनाङेसहित ३१ सांसदकाे समर्थन

गण्डकी प्रदेशकाे मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले दाबी पेस गरेका छन्।

सत्तारूढ दलका तर्फबाट नेता अधिकारीले ३१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित आइतबार प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष दाबी पेस गरेका हुन्।

उनलाई एमालेका २२, नेकपा माओवादीका सभामुखसहित ८ र स्वतन्त्र सांसद दीपक मनाङे गरी ३१ सांसदकाे समर्थन रहेकाे छ।

यसबाहेक गण्डकीमा कांग्रेसका २७ र राष्ट्रिय प्रजातन्र पार्टी (राप्रपा)का २ सांसद रहेका छन्।

गत बिहीबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख भट्टले यही चैत २७ गतेसम्म मुख्यमन्त्रीमा दाबी गर्न समय दिएका थिए।

समयसीमा सकिनुभन्दा दुईदिन अगावै गठबन्धन दलले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्। कूल २७ सदस्य रहेको प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका पाण्डेले विश्वासको मत पाउने आधार नदेखेपछि राजीनामा दिएका थिए।

तत्कालीन सत्ता साझेदार माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पाण्डे नेतृत्वको सरकार अल्पमतमा परेको थियो।

प्रकाशित मिति: : 2024-04-07 11:22:00

प्रतिकृया दिनुहोस्