कर्णाली प्रदेशसभाको बैठक स्थगित

कर्णाली प्रदेशसभाको बैठक स्थगित भएको छ।

मंगलबार दिउँसो ३ बजे बस्ने भनिएको बैठक स्थगित भएको हो।

नेकपा माओवादी र एमालेमा विश्वासको मत लिने कि नलिने भन्ने विषयमा सहमति नजुटेको बेला बैठक स्थगित गरिएको छ।

आज स्थगित भएको बैठक बुधबार ३ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ।

प्रकाशित मिति: : 2024-04-02 17:50:00

प्रतिकृया दिनुहोस्