बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत मागेका छन्।
साेमबार जारी प्रदेशसभाको बैठकमा विश्वासको मत लिने कार्यसूचीअन्तर्गत मुख्यमन्त्री जम्कट्टेलको मत मागेका हुन्।
विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्दै उनले प्रदेश सरकारलाई स्थायित्व दिन र प्रदेशबासीको चाहनाअनुसार काम गर्न एकताबद्ध भएर अगाडि बढ्न दलहरूलाई आग्रह गरे।
नेपाली कांग्रेसले प्रदेश सरकारबाट समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिनुपर्ने बाध्यात्मक अवस्था बनेको हो। सोहीअनुसार उनले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव सचिवालयमा दर्ता गराएका थिए।
सरकार टिकाउन मुख्यमन्त्री जम्कट्टेललाई प्रदेशसभाका ५६ सदस्यको मत आवश्यक पर्छ। प्रदेशसभामा एमालेका २७, माओवादी केन्द्रका २१, एकीकृत समाजवादीका सात, हाम्रो नेपाली पार्टीका दुई, कांग्रेसका ३७, राप्रपाका १३ र नेमकिपाका तीन सदस्य छन्।