मेडिकल व्यवसायी दुर्गा प्रसाईंले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूलाई तस्करको फोटो सार्वजनिक नगर्न खबर पठाएकाे दाबी गरेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार पत्रकार सम्मेलन गर्दै प्रसाईंले यस्ताे बताएका हुन्।
‘मलाई फोटो सार्वजनिक नगर्नु भनेर गृहमन्त्रीज्यूले भन्नुभएको छ, खबर पठाउनुभएको छ। फोटो सार्वजनिक गर्छु जहाँपनि तस्करहरुको, यो चुनौती हो। तस्करको फोटो सार्वजनिक गर्छु’, उनले भने ‘तर तपाईं राेक्नुभयाे भने जनतालाई साेधेर गर्छु, रवि लामिछानेज्यूले मलाई यसरी नदेखाउनु भन्नुभएकाे छ भनेर।’
प्रसाईंले आफूले प्रमाणसहित तस्करको फोटो सार्वजनिक गर्ने र पक्राउ गरेर कारबाही गर्न गृहमन्त्रीलाई चुनौती दिए।
उनले भने, ‘गृहमन्त्रीज्यूलाई के भन्छु भने मैले तस्करको फोटो सार्वजनिक गर्छु प्रमाणसहित, तपाईंले पक्रिनुस्, कारबाही गर्नुस्। तर तपाईंले मजाक गर्नुभयाे भने तपाईँ आगाेमा हाम फाल्दै हुनुहुन्छ।’