महालेखापरीक्षकमा तोयम राया सिफारिस

महालेखापरीक्षकमा तोयम राया सिफारिस भएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान बसेको संवैधानिक परिषद्को बैठकले रायाकाे नाम सिफारिस गरेको हाे।

संवैधानिक परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकले महालेखापरीक्षकमा रायालाई सिफारिस गर्ने निर्णय गरेको सभामुख देवराज घिमिरेले जानकारी दिए।

हाल उनी केन्द्रीय तथ्यांक कार्यालयका सचिव छन्।

प्रकाशित मिति: : 2024-03-31 10:58:00

प्रतिकृया दिनुहोस्