प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले आफु जनयुद्धको समयभन्दा बढी खटिएर काम गरेको बताएका छन्।
शनिबार प्रज्ञा भवन काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनयुद्धभन्दा बढी खट्दै लगातारको घेराबन्दी तोड्न लडाइ लडिरहेको बताए।
उनले माओवादीका ८ हजार सहिद घोषणा, ठाउँ–ठाउँमा शालिक निर्माण र अब रोजगारी दिने तयारी रहेको बताएउँदै माओवादी धेरै कठिनका साथ आज यो ठाउँमा आएको बताए।
‘माओवादीले आज जुन ठाउँमा छ, यो सानो दुःख र सानो त्यागले प्राप्त भएको होइन धेरै कठिनका साथ प्राप्त भएको हो’, उनले भने, ‘लडाइ अझै सकिएको छैन। अझै पनि म लडाइ लडिरहेको छु।’
प्रचण्डलाई थाकेको होला भन्ने चसोच्ने नेताकार्यक्रलाई उनले आग्रह गरे। ‘प्रचण्ड थाकेको भन्ने नसोच्नुहोला। मेरो त अब क्रान्तिबाहेक केही बाँकी छैन।’
भिडियो–