काठमाडाैँका निजी विद्यालयहरुकाे नाम नेपालीमा राख्न निर्देशन

फाइल तस्विर
फाइल तस्विर

काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयहरूलाई नेपालीपन झल्कने नाम राख्न निर्देशन दिएको छ।

महानगरले एक सूचना जारी गर्दै महानगरभित्रका सबै संस्थागत विद्यालयहरूलाई एक महिनाभित्र आफ्नो नाम शिक्षा नियमावली अनुसार राख्न निर्देशन दिएको हो।

महानगरले भनेको छ, ‘अधिकांश संस्थागत विद्यालयहरुको नाम नियमावलीमा भएको व्यवस्था बमोजिम भएको नदेखिएकाले नेपालीपन झल्कने नाम नभएका विद्यालयहरूले नियमावलीमा व्यवस्था भए बमोजिम विद्यालयको नामाकरण गर्नको लागि प्रक्रिया अघि बढाएर एक महिनाभित्र विद्यालय व्यवस्थापन समितिको निर्णयसहित यस विभागमा निवेदन पेश गर्नहुन अनुरोध छ।’

प्रकाशित मिति: : 2024-03-29 09:40:00

प्रतिकृया दिनुहोस्