नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको टी- २० सिरिज आजदेखि

बिहीबार वर्षाका कारण राेकिएकाे नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको टी- २० सिरिजको पहिलो खेल आज हुँदैछ।

वर्षाका कारण खेल हुन नसकेपछि नेपाल क्रिकेट संघ (क्यान)ले नयाँ तालिका सार्वजनिक गरेको थियो।

जसअनुसार टी- २० सिरिजको पहिलो खेल आज हुने भएको छ। यो खेल टियु मैदानमा दिउँसाे १ बजेदेखि हुनेछ।

नयाँ तालिका अनुसार अब नेपाल ए आयरल्याण्ड वोल्भ्ससँग आज पहिलो ३० मार्चमा दोस्रो र अप्रिल १ मा तेस्रो टी- २० खेल खेल्ने छ।

त्यसैगरी अप्रिल ३, ५ र ७ मा एकदिवसीय सिरिजका खेल्ने तालिका रहेको छ।

प्रकाशित मिति: : 2024-03-29 07:14:00

प्रतिकृया दिनुहोस्