पाल्पा किशोरी हत्या प्रकरण: दुई दिनसम्म प्रहरीले कुनै तथ्य भेटाएन

पाल्पाको रिब्दीकोट गाउँपालिका–१ ख्याहाकी १९ वर्षीया पद्मा सुनारको हत्या भएको दुई दिनसम्म प्रहरी तथ्यको नजिक पुग्न सकेको छैन। 

कुकुरसहितको प्रहरीले टोलिले घटनास्थलमा अनुसन्धान गरेको भए पनि हत्यामा संलग्न व्यक्ति को हुन् भन्ने अथेष्ट प्रमाण भेटाएको छैन। 

‘केही व्यक्ति शंकाको घेरामा छन्। त्यो बाहेक थप तथ्य भेटिएको छैन’, जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक (डिएसपी) सुगन्ध श्रेष्ठले बिएल नेपाली सेवासँग भने। 

दुई दिनसम्म शवको पोष्टमार्टमसमेत हुन सकेको छैन। पाल्पामा पोष्टमार्टम हुन नसकेपछि सुनारको शवलाई बुटवल लगिएको श्रेष्ठले जानकारी दिए। 

उनकाअनुसार आज (बिहीबार) शवको पोष्टमार्टम गरिने तयारी गरिएको छ। तर घटनामा संलग्न कोही व्यक्ति आजसम्म पक्राउ पर्न सकेका छैनन्। 
डिएसपी श्रेष्ठले अनुसन्धान भइरहेको बताउँदै पोष्टमार्टम रिपोर्टपछि थप तथ्य खुल्ने बताए। 

सुनारको मंगलबार दिउँसो घर नजिकै नहाउन गएको समयमा धारिलो हतियार प्रहार गरी हत्या भएको थियो। उनको शरीरभरी चोटैचोट रहेको छ। 

उनको हत्या कसले र किन ग¥यो भन्नेमा घटना भएको दुई दिनसम्म पनि प्रहरी प्रमाण तथ्य नजिकसमेत पुग्न सकेको छैन। 

प्रकाशित मिति: : 2024-03-28 12:05:00

प्रतिकृया दिनुहोस्