८ डीएसपी एसपीमा बढुवाका लागि सिफारिस

File Photo
File Photo

नेपाल प्रहरीमा जनपद समूहतर्फ ८ जना डीएसपीलाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवा गर्न सिफारिस गरिएको छ।

प्रहरीका महानिरीक्षक (आईजीपी) वसन्त कुँवरको अध्यक्षतामा बुधबार बसेको बढुवा समितिले ८ डीएसपीलाई बढुवाका लागि सिफारिस गरेको हो।

डीएसपी ढकेन्द्र खतिवडा, अंगुर जिसी, यादव ढकाल, सन्तोष तामाङ, श्याम बाबु ओलिया, निरन्जन दत्त भट्ट, राजन लिम्बु र विनोद घिमिरेलाई एसपीमा बढुवा गर्न सिफारिस गरिएको हो। 

प्रकाशित मिति: : 2024-03-28 10:59:00

प्रतिकृया दिनुहोस्