आईजीपी कुँवरले भने- सहकारी प्रकरणमा रवि लामिछानेविरुद्ध प्रमाण भेटिएन

नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) वसन्त कुँवरले सहकारी प्रकरणमा रवि लामिछानेको संलग्नता नदेखिएको बताएका छन्।

प्रतिनिधिसभाको राज्य व्यवस्था समितीको बुधबारको बैठकमा बोल्दै आईजीपी कुँवरले सहकारी प्रकरणमा रवि लामिछानेको नाम आएको भए पनि अहिलेसम्म कुनै प्रमाण नदेखिएको बताएका हुन्।

कुँवरले सहकरी प्रकरणको मुख्य नायक जीवी राई रहेको आफूहरुको पनि बुझाइ रहेको बताउँदै उनी मलेसियामा रहेको बताएका छन्। प्रहरीले राईलाई स्वदेश ल्याउने प्रयास आफूहरुले गरिरहेको बताए। 

प्रकाशित मिति: : 2024-03-27 14:11:00

प्रतिकृया दिनुहोस्