
बिएल संवाददाता
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा झिनो अङ्कको गिरावट देखिएको छ। आज नेप्से परिसूचक तीन दशमलव ३४ अङ्कले घटेर दुई हजार ६३ दशमलव ९५ को बिन्दुमा कायम भएको हो।
विभिन्न तीन सय पाँच कम्पनीका ९४ लाख ४५ हजार छ सय ९७ कित्ता शेयर ६० हजार १६ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब ४९ करोड ६२ लाख ८४ हजार ३६ बराबरको कारोबार भएको छ। कारोबारमा ९४ कम्पनीको शेयर मूल्य बढेको छ भने एक सय ४७ कम्पनीको शेयर मूल्य घटेको नेप्सेले जनाएको छ।
लघुवित्त समूह दुई दशमलव ५१, म्युचुअल फण्ड शून्य दशमलव ७५ र व्यापार समूह शून्य दशमलव ०८ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह एक दशमलव ४५ र अन्य समूह शून्य दशमलव ६८ प्रतिशतले घटेको छ।
गुर्खाज फाइनान्स लिमिटेड र बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वोत्तम सिमेन्ट लिमिटेडको शेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले बढेको छ।
सबैभन्दा धेरै गुमाउनेमा भने बोटलर्स नेपाल (बालाजु) लिमिटेडको शेयर मूल्य नौ दशमलव ३२ र सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–३ को शेयर मूल्य आठ दशमलव ०८ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको रु १९ करोड ५२ लाख ९७ हजार एक सय ५१ बराबरको कारोबार भएको छ। कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने लक्ष्मी इक्विटी फण्डको सात लाख ५२ हजार तीन सय २१ कित्ता शेयर किनबेच भएको छ।
बहुविवाहको चर्चाः आमाप्रतिको अपमान!
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया