एक गल्ती, चार अप्रेसन

रातोपाटी

काठमाडौं

थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालका चिकित्सकले पाठेघरको शल्यक्रिया गर्दा मूत्रनली काटिदिएको भन्दै नेपाल मेडिकल काउन्सिलमा उजुरी परेको छ ।

गोदावरी नगरपालिका–३, कैलालीकी ४२ वर्षीय कमलादेवी कैनीकी छोरीले उपचारमा लापरबाही भएको भन्दै दिएको उजुरीको प्रारम्भिक छानबिन सकिएको छ । प्रारम्भिक प्रतिवेदनबारे काउन्सिल बोर्डको पूर्ण बैठकबाट निर्णय हुन बाँकी छ । निर्णय नभएसम्म छानबिनको प्रारम्भिक प्रतिवेदनबारे केही बताउन नमिल्ने काउन्सिलका रजिष्ट्रार डाक्टर सतिश कुमार देवले रातोपाटीलाई बताए ।

कमलादेवी भने आफूमाथि अन्याय भयो भन्दै हारगुहार माग्दै हिँडेको अवस्था छ । यही चैत ४ गते उनी निवेदन बोकेर जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँमा पुगेकी थिइन् ।

प्रकाशित मिति: : 2024-03-20 13:18:00

प्रतिकृया दिनुहोस्