माओवादी पदाधिकारी बैठक जारी, सुन काण्डमा पक्राउ परेका महराबारे छलफल

फाइल तस्विर
फाइल तस्विर

नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक जारी छ।

पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेपछि छलफल गर्नका लागि बाेलाइएकाे साे बैठक बिहान साढे ८ बजेदेखि सुरु भएकाे हाे।

बैठकमा महरा पक्राउकाे विषयसँगै समसामयिक राजनीतिक विषय तथा पदाधिकारीदेखि केन्द्रीय नेताहरुकाे कार्यविभाजनका विषयमा पनि कुराकानी भइरहेकाे बैठकमा सहभागी एक नेताले बताए।

महरामाथि विद्युतीय चुरोट (भेप)मा सुन तस्करी गरेको आरोप छ। महराका छोरा राहुलविरुद्ध पनि मुद्दा चलिरहेको छ। राहुलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारमा समातिएको सुन छुटाउन दबाब दिएको आरोप छ।

प्रकाशित मिति: : 2024-03-19 09:25:00

प्रतिकृया दिनुहोस्