कृष्णबहादुर महरा पक्राउपछि माओवादी पदाधिकारी बैठक बस्दै

फाइल तस्विर
फाइल तस्विर

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ।

पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेपछि छलफल गर्न पदाधिकारी बैठक बाेलाइएकाे हाे। बैठक बिहान ८ बजेदेखि सुरू हुनेछ।

बैठकमा समसमायिक राजनीतिक विषयमा कुराकानी हुने तथा पदाधिकारीदेखि केन्द्रिय नेताहरूको कार्य विभाजनको बारेमा पनि छलफल हुने जनाइएको छ।

महरामाथि विद्युतीय चुरोट (भेप)मा सुन तस्करी गरेको आरोप छ।

महराका छोरा राहुलविरुद्ध पनि मुद्दा चलिरहेको छ। राहुलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारमा समातिएको सुन छुटाउन दबाब दिएको आरोप छ।

महरालाई अनुसन्धानका लागि ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

प्रकाशित मिति: : 2024-03-19 07:51:00

प्रतिकृया दिनुहोस्