कृष्णबहादुर महरालाई सीआइबी पुर्‍याइयो

सुन तस्करी प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका माओवादी उपाध्यक्ष कृष्णबहादुर महरालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ल्याइएको छ।

रुपन्देहीबाट राेल्पा जाँदैगर्दा कपिलवस्तुको पकडीबाट समातिएका पूर्वसभामुख समेत रहेका महरालाई सीआइबी पुर्‍याइएकाे अधिकारीहरूले जनाएका छन्।

उनलाई यति एअरको जहाजबाट एकछिनअगाडि काठमाडौँ ल्याइएको थियो। काठमाण्डौँमा जहाज ओर्लनासाथ उनलाई एसएसपी दिनेश आचार्य नेतृत्वको टोलीले आन्तरिक टर्मिनल परिसरबाट बा प्रदेश ०१ ०२८ च ६९६५ नम्बरको सेतो स्कोर्पियो गाडीमा राखी लैनचौरस्थित सीआइबीको नयाँ कार्यालय ल्याइएको छ।

आजै अदालतबाट म्याद थपेर उनलाई सुन तस्करीमा सँलग्न चिनियाँ फलफूल व्यापारी वाङ्ग दाओजिनसङ्ग टेलिफोन सम्पर्क देखिएको आधारमा थप अनुसन्धानका निम्ति थुनामा राख्ने तयारी छ।

प्रकाशित मिति: : 2024-03-18 12:07:00

प्रतिकृया दिनुहोस्