बिएल संवाददाता
सुन तस्करी प्रकरणमा मुछिएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन्।
उनलाई साेमबार बिहान प्रहरीले कपिलवस्तुबाट पक्राउ गरेकाे हाे। महरालाई आजै काठमाडाैँ ल्याइएकाे प्रहरीले जनाएकाे छ।
सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले बिहीबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएकाे थियाे। उक्त प्रतिवेदनमा आयोगले सुन तस्करीमा महराकाे संलग्नता देखिएको ठहर गर्दै मुद्दा चलाउन सिफारिस गरेको थियाे।
उनीमाथि इलेक्ट्रिक चुरोट (भेप)मार्फत भएको सुन तस्करी प्रकरणमा संलग्नता भएकाे आराेप छ। यसअघि आयोगले महरासँग बयानसमेत लिएको थियाे।
आइतबार मात्रै गृहमन्त्री लामिछानेले सुन प्रकरणमा मुछिएका महरासहित सबै जनामाथि तत्काल कारबाहीकाे प्रक्रिया अघि बढाउन प्रहरीलाई निर्देशन दिएका थिए।
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया