बिएल संवाददाता
सुन तस्करी प्रकरणमा मुछिएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन्।
उनलाई साेमबार बिहान प्रहरीले कपिलवस्तुबाट पक्राउ गरेकाे हाे। महरालाई आजै काठमाडाैँ ल्याइएकाे प्रहरीले जनाएकाे छ।
सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले बिहीबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएकाे थियाे। उक्त प्रतिवेदनमा आयोगले सुन तस्करीमा महराकाे संलग्नता देखिएको ठहर गर्दै मुद्दा चलाउन सिफारिस गरेको थियाे।
उनीमाथि इलेक्ट्रिक चुरोट (भेप)मार्फत भएको सुन तस्करी प्रकरणमा संलग्नता भएकाे आराेप छ। यसअघि आयोगले महरासँग बयानसमेत लिएको थियाे।
आइतबार मात्रै गृहमन्त्री लामिछानेले सुन प्रकरणमा मुछिएका महरासहित सबै जनामाथि तत्काल कारबाहीकाे प्रक्रिया अघि बढाउन प्रहरीलाई निर्देशन दिएका थिए।
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया