पिएनजीविरुद्ध जाेराकाे पनि अर्धशतक पूरा

फाइल तस्विर
फाइल तस्विर

हङकङमा जारी त्रिकाेणात्मक टी- २० आई सिरिजअन्तर्गत पपुवा न्युगिनी (पिएनजी)विरुद्धकाे खेलमा नेपालका सन्दीप जाेराले अर्धशतक प्रहार गरेका छन्।

उनले पिएनजीविरुद्ध २३ रनमा ५६ रन प्रहार गरे। त्यस क्रममा उनले ४ चाैका र ३ छक्का प्रहार गरे।

त्यसअघि ओपनर कुशल भुर्तेलले पनि अर्धशतक प्रहार गरेका थिए। यद्यपि, उनी ५९ रन बनाएर आउट भए।

प्रकाशित मिति: : 2024-03-12 07:59:00

प्रतिकृया दिनुहोस्