पिएनजीविरुद्ध कुशल भुर्तेलकाे अर्धशतक पूरा

फाइल तस्विर
फाइल तस्विर

हङकङमा जारी त्रिकाेणात्मक टी- २० आई सिरिजअन्तर्गत पपुवा न्युगिनी (पिएनजी)विरुद्धकाे खेलमा नेपालका ओपनर कुशल भुर्तेलले अर्धशतक पूरा गरेका छन्।

उनले पिएनजीविरुद्ध ३२ रनमा ५० रन प्रहार गरे। त्यस क्रममा उनले ४ चाैका र ३ छक्का प्रहार गरे।

ओपनरकाे रुपमा मैदान पुगेका उनले अर्धतक पूरा गर्न क्रममा तीन ब्याटरसँग साझेदारी गरेका थिए। उनीसँगै ओपनिङमा गएका विनाेद भण्डारी २७ रनमा आउट भएका थिए।

भने, त्यसपछि क्रिकेजमा आएका कप्तान राेहितकुमार पाैडेल १ तथा आरिफ शेख ४ रनमै आउट भएका थिए।

प्रकाशित मिति: : 2024-03-12 07:43:00

प्रतिकृया दिनुहोस्