केही प्रदेशमा छिटफुट वर्षा हुन सक्ने

हाल नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल देशभर साधारणतया बदली रही  गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानहरू र बाँकी प्रदेशको एक दुई स्थानमा हल्का वर्षा हुन सक्नेछ।

दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा साथै बाँकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा छिटफुट देखि हल्का बर्षाको सम्भावना रहेको छ।

देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति भने कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रकाशित मिति: : 2024-03-12 07:16:00

प्रतिकृया दिनुहोस्