जलवायु परिवर्तनको क्षेत्रमा काम गर्दै एकल महिला समूह

मानव अधिकारको लागि महिला, एकल महिला समूहले अब जलवायु परिवर्तनको क्षेत्रमा काम गर्ने भएको छ। 

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा एकल महिला समूहले 'यासेन' र 'सी चेन्ज क्याइमेन्ट'सँग सहकार्य गरेर जलवायु परिवर्तनको क्षेत्रमा काम गर्न लागेको हो। 

आइतबार छहारी भवन हात्तीगौडामा एकल महिला समूहलगायत यासेन र सी केन्ज क्यामेन्टस्बीच हस्ताक्षर भएको छ। 

जलवायु परिवर्तनको क्षेत्रमा काम गर्न लागेको एकल महिला समूह अब एकल मसिहलाहरूलाई जलवायु परिवर्तनको सम्बन्धमा क्षमता अभिवृद्धि गर्ने र जनचेतना अभिवृद्धि गर्ने जस्ता कामहरु लिएर अगाडि बढ्ने भएको छ। 

०५२ सालदेखि सञ्चालनमा आएको उक्त संस्थाले अन्यायमा परेका महिलालाई न्याय दिलाउँदै आएको छ। 

पिछडिएका महिलालाई समावेशी कार्यक्रममा सहभागी गराउनका साथै संस्थाले महिलालाई स्वरोजगार पनि बनाइरहेको छ। 

प्रकाशित मिति: : 2024-03-10 18:50:00

प्रतिकृया दिनुहोस्