
बिएल संवाददाता
चालु आर्थिक वर्षको सात महिनामा नेपालले ८ खर्ब ३९ अर्ब रुपैयाँ विप्रेषण आप्रवाह (रेमिट्यान्स) भित्र्याएको छ।
राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन–माघसम्म ८ खर्ब ३९ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको हाे। अघिल्लो वर्षको तुलनामा यो २१.६ प्रतिशतले बढेको हो। अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स २७ दशमलव एक प्रतिशतले बढेको थियो।
अमेरिकी डलरमा रेमिट्यान्स १९ दशमलव एक प्रतिशतले वृद्धि भई अमेरिकी डलर छ अर्ब ३१ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्ष यस्तो रेमिट्यान्स १६ दशमलव चार प्रतिशतले बढेको थियो।
माघ मसान्तसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या दुई लाख ४७ हजार १२ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख ५८ हजार पाँच सय ४० रहेको छ।
चालु आर्थिक वर्षको सुरुवाती सात महिनामा खुद ट्रान्सफर २० प्रतिशतले वृद्धि भई रु नौ खर्ब १० अर्ब ७४ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २५ दशमलव दुई प्रतिशतले बढेको थियो। यो अवधिसम्ममा पुँजीगत ट्रान्सफर २९ प्रतिशतले कमी आई रु तीन अर्ब ८० करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु पाँच अर्ब १८ करोडले धनात्मक रहेको छ।
अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु पाँच अर्ब ३५ करोड कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु एक अर्ब चार करोडले धनात्मक रहेको थियो।
बहुविवाहको चर्चाः आमाप्रतिको अपमान!
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया