रेखाको उपहारलाई दर्शकको साथः हल हाउसफुल

तेजन खड्का

काठमाडौं
rekha
rekha

आजबाट शुक्रवारबाट प्रदर्शनमा आएको नायिका रेखा थापाको फिल्म उपहारले दर्शकको उल्लेख साथ पाएको छ।

फिल्मको उत्कृष्ठ टेलर र रेखाको लामो सयमपछि फिल्म  आएकै कारण पनि पहिलो दिनमै उल्लेख माया र दर्शकको साथ पाएको हो। 

चलचित्रका निर्देशक ज्ञानेन्द्र देउजाले  भने, हलहलमा फिल्मले दर्शक तान्न सफल भएको छ, यो खुसीको कुरा हो।’ विशेषतः फिल्मलाई सबै बर्गले  वर्गले रुचाएका छन। रेखा र मुकुनको जोडीको तारिफ भएको छ।

काठमाण्डौंका अधिकासं जसो हल हाउसफुल रहेको निर्माण पक्षले बताएको छ। अष्टनारायण लबिम मल, बीग मुभिजमा चलचित्रले पाएको काठमाण्डौ बाहिरका चितवन, पोखरा, बुटवल, दमक, विर्तामोड, धरान, इटहरीमा पनि दर्शकको उपस्थिति आक्रामक देखिएको निर्देशक ज्ञानेन्द्र देउजाले जानकारी बताए।


आर्थिक मन्दिका बाबजुद पनि दर्शकहरु चलचित्र हेर्न आउनु सुःखद् कुरा हो, निर्देशक देउजा थप्छन ‘चलचित्रलाई दर्शकले मन पराउनुभएको छ, हामी सम्पुर्ण चलचित्र टिम खुसी छौं।’ फिल्मका कार्यकारी निर्माताबलराम शाही ठकुरीले दर्शकको साथप्रति कृतज्ञ रहेको बताए। उनले धेरै समयपछि दर्शकलाई राम्रो  चलचत्रि दिन सफल भएको महसुस भएको बताए। 

यो चलचित्रले समसामयिक विषयवस्तुलाई निकै नै रमाइलो तरिकाले उठाएको छ। फिल्मको  पहिलो हाफमा कमेडी भरपूर छ। दोस्रो हाफमा भने गम्भीरतालाई केन्द्रमा राखिएको छ।

रेखा थापाले निर्माणसँगै अभिनय गरेकाे चलचित्र ‘उपहार’ मा काठमाडौँमा जीविकोपार्जनका लागि तीन महिलाले गर्ने सङ्घर्षको कथा देखाइएको छ। अ

भिनेत्री थापाले चिया बेचेर पनि स्वदेशमै आम्दानी गर्न सकिने सफलतालाई मुनाको पात्रमार्फत व्यक्त गरिएको बताइन्।

'चलचित्रका महिला पात्रले स्वरोजगारसँगै मेहनत र सङ्घर्षले प्राप्त हुने सफलतालाई दर्शाएका छन्। यसले विदेश मात्र विकल्प नभई स्वदेशमै गर्न सकिने व्यवसाय प्रति युवालाई आकर्षित गर्छ', अभिनेत्री थापाले भनिन्, 'मैले महिलाको सक्षमतालाई पर्दामा ल्याएको छु। यो काठमाडौँमा आएर सपना देख्ने तीन महिलाको कथा हो।'

ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको चलचित्र ‘उपहार’मा रेखा थापा, पूजा शर्मा, बेनिशा हमाल, मुकुन भुसाल, तेज गिरी, समर्पण जंग कार्की, शिशिर राणा, सुष्मा कार्की लगायतका कलाकारको अभिनय छ।

प्रकाशित मिति: : 2024-03-08 13:28:00

प्रतिकृया दिनुहोस्