सदनमा प्रधानमन्त्री ‘प्रचण्ड’काे सम्बोधन (लाइभ)

प्रतिनिधिसभाको बैठक जारी छ। बिहिबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्दैछन्। 

प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धन फेरिएपछिकाे पहिलो प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दैछन् र नयाँ गठबन्धनबारे सांसदहरूलाई जानकारी गराउँदैछन्।



सत्य हो, प्रचण्ड ‘नमर्दा’सम्म देशमा केही हुन्न

कहिलेकाहीँ पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफूजस्तो छन् त्यस्तै बोलिदिन्छन्। आफू जे हुन् त्यही भनिदिन्छन्। आफू जे गर्छन्, त्यस्तै देखाइदिन्छन्।

आइतबार मध्यदिनदेखि मध्यरातसम्मको राजनीतिक विकासक्रम अनि त्यसपछि देखिएका नयाँ राजनीतिक समीकरणलाई ‘क्रमभङ्ग’को विम्ब बनाएर सोमबार दिउँसोको एउटा कार्यक्रममा प्रचण्डले फेरि अर्को एउटा सत्य बकिदिए।

‘म नमर्दासम्म देशमा यस्तै उथलपुथल भइरहन्छ…।’ सत्य यही हो। उनी बाँचेसम्म न देशको राजनीति थामिएला न प्रचण्ड नै थामिएलान्। भलै चुनावमा उनको पार्टीले कति सिट जित्छ त्यसमा राजनीति निर्भर हुँदैन। बरु प्रचण्ड के चाहन्छन्, त्यही हुन्छ। देशको सत्ता र शक्ति प्रचण्डकै वरिपरि छ, २०५२ सालदेखि। उनी भलै ‘कमजोर’ नै किन पूरा समाचार

प्रकाशित मिति: : 2024-03-07 12:30:00

प्रतिकृया दिनुहोस्