ह्वात्तै बढ्याे सुनको भाउ

फाइल तस्विर
फाइल तस्विर

सुनको भाउले लगातार तेस्रो दिन नयाँ रेकर्ड कायम गरेको छ।

बिहीबार एकैदिन सुन तोलामा १ हजार ५ सय रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसाय माहासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख २५ हजार पुगेको छ।

यसैगरी तेजावी सुनको मूल्य तोलाको १ लाख २४ हजार ४०० रुपैयाँ निर्धारण भएको छ। अघिल्लो दिन तोलाको १ लाख २३ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो। तेजावी सुनको भाउ तोलाको १ लाख २२ हजार ९०० रुपैयाँ निर्धारण भएको थियो।

विगत १ महिनामा ८ हजार रुपैयाँ बढीले सुनको भाउ बढेको छ। चाँदीको मूल्य पनि बढेको छ। चाँदी बिहीबार प्रतितोला १ हजार ४७० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन तोलाको १ हजार ४४० रुपैयाँ थियो।

चाँदीको मूल्यले भने यसअघिका रेकर्ड तोड्न सकेको छैन। यसअघि पुस १२ गते चाँदीको मूल्य १ हजार ४ सय ९० रुपैयाँ पुगेको थियो।

प्रकाशित मिति: : 2024-03-07 11:58:00

प्रतिकृया दिनुहोस्