बिएल संवाददाता
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल अन्याेलमा परेका छन्।
नेकपा माओवादी, नेकपा (एमाले), रास्वपा र जसपासहित नयाँ गठबन्धनबाट आज सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी भइरहँदा एकीकृत समाजवादी अन्योलमा देखिएको हो।
तर एकीकृत समाजवादीले अहिलेसम्म सरकारमा जाने वा नजानेबारे केही निर्णय गरिसकेको छैन।
पार्टीले सचिवालय बैठक बोलाएको छ।
महासचिव घनश्याम भूसालले आज अपराह्न ३ बजे सचिवालय बैठक बस्ने जानकारी दिए।
‘हामीले नयाँ राजनीतिक घटनाक्रमलाई सतर्कतापूर्वक हेरिरहेका छौं, यो गठबन्धन कसरी बन्छ, कुन-कुन पार्टी सहभागी हुन्छन् र यसको नीति के हुन्छ भन्ने आधारमा हामी निर्णय गर्छौं,’ भूसालले भने।
अध्यक्ष माधवकुमार नेपाललाई बिसञ्चो भएकोले सचिवालय बैठक कोटेश्वरस्थित उनकै निवासमा बस्नेछ।
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया