राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारमा जाने/नजाने विषयमा अनिर्णित बनेकाे छ।
सरकारका विषयमा राप्रपाले हालसम्म कुनै औपचारिक निर्णय नलिएकाे प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बताए।
'अध्यक्ष अहिले पनि पर्ख र हेरको अवस्थामा रहेको भन्नुहुन्छ,' उनले भने, 'हालसम्म राप्रपाको बैठक बसेको छैन।'
उनका अनुसार चाँडै बैठक बसेर निर्णय लिने तयारी भएको छ।