बालकाेट बैठक सकेर बालुवाटार जाँदै ओली

फाइल तस्विर
फाइल तस्विर

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पार्टीको सचिवालय बैठक सकेर बालुवाटार जाने भएका छन्।

पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराएर ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार जाने भएका हुन्।

माओवादी र एमालेबीच राष्ट्रिसभा अध्यक्ष, शान्ति प्रक्रियाका बाँकी काम र नयाँ समीकरण बनाएर जाने समझदारी भएको बताइएको छ।

उता, बालुवाटारमा माओवादीकाे सचिवालय बैठक पनि जारी छ।

यसअघि ओलीले आइतबार दुई पटकसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेका थिए। 

प्रकाशित मिति: : 2024-03-04 09:04:00

प्रतिकृया दिनुहोस्