रास्वपा पनि छलफलमा जुट्याे

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक जारी छ।

आइतबार बिहानैदेखि पार्टी सचिवालयको बैठक जारी रहेको उपसभापति डोलप्रसाद अर्याल (डिपी)ले जानकारी दिए।

संक्रमणकालीन न्यायमा दलहरू लचिलो भएसँगै राजनीतिक घटनाक्रमले तीव्रता लिएको छ।

अहिले बिहान प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा बसिरहेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले पनि विकसित पछिल्लो राजनीतिक घटनाक्रम र संक्रमणकालीन न्यायबारे छलफल गर्न बैठक बोलाएको हो।

प्रकाशित मिति: : 2024-03-04 08:45:00

प्रतिकृया दिनुहोस्