बिएल संवाददाता
राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० सांसदको आइतबार (आज)बाट पदावधि सकिँदैछ। आइतबार मध्यरातिबाट उनीहरुको पदावधि सकिन लागेको हो। जसमध्ये दुई राज्यमन्त्रीसमेत छन्।
अध्यक्ष तिमिल्सिनासहित पहिलोपटक गोला प्रथाबाट ६ वर्षे कार्यकाल निर्धारण भएका अनिता देवकोटा, जितेन्द्रनारायण देव, प्रकाश पन्थ, रमेशजङ्ग रायमाझी, इन्दु कडरिया, दीपा गुरुङ, दिलकुमारी रावल, कुमार दसौँदी, नरपति लुवारकाे कार्यकाल सकिँदैछ।
यसैगरी भैरव सुन्दर श्रेष्ठ, रामचन्द्र राई, विना पोखरेल, महेशकुमार महरा, हरिराम चौधरी, प्रमिला कुमारी, नन्दा चपाई, सिङ्गबहादुर विश्वकर्मा, डा. खिमलाल देवकोटा आजबाट बिदा हुँदैछन्।
प्रमिला कुमारी शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री हुन् भने नन्दा चपाई भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री हुन्।
आजदेखि रिक्त हुने २० मध्ये १९ पदमा निर्वाचन भइसकेको छ भने एक जना राष्ट्रपतिबाट मनोनलयन हुनेछन्।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया