बिएल संवाददाता
राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० सांसदको आइतबार (आज)बाट पदावधि सकिँदैछ। आइतबार मध्यरातिबाट उनीहरुको पदावधि सकिन लागेको हो। जसमध्ये दुई राज्यमन्त्रीसमेत छन्।
अध्यक्ष तिमिल्सिनासहित पहिलोपटक गोला प्रथाबाट ६ वर्षे कार्यकाल निर्धारण भएका अनिता देवकोटा, जितेन्द्रनारायण देव, प्रकाश पन्थ, रमेशजङ्ग रायमाझी, इन्दु कडरिया, दीपा गुरुङ, दिलकुमारी रावल, कुमार दसौँदी, नरपति लुवारकाे कार्यकाल सकिँदैछ।
यसैगरी भैरव सुन्दर श्रेष्ठ, रामचन्द्र राई, विना पोखरेल, महेशकुमार महरा, हरिराम चौधरी, प्रमिला कुमारी, नन्दा चपाई, सिङ्गबहादुर विश्वकर्मा, डा. खिमलाल देवकोटा आजबाट बिदा हुँदैछन्।
प्रमिला कुमारी शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री हुन् भने नन्दा चपाई भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री हुन्।
आजदेखि रिक्त हुने २० मध्ये १९ पदमा निर्वाचन भइसकेको छ भने एक जना राष्ट्रपतिबाट मनोनलयन हुनेछन्।
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया