हङकङ टी- २० सिरिजका लागि टिम घोषणा

photo : can
photo : can

नेपाल क्रिकेट संघ (क्यान)ले हङकङमा हुने टी- २० त्रिकोणात्मक सिरिज खेल्ने टिमको घोषणा गरेको छ। क्यानले रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय टिमको घोषणा गरेको हो।

क्यानले हङकङमा खेल्ने टिममा सोमपाल कामी, आसिफ सेख, कुशल मल्ल र ललित राजबंशीलाई बाहिर राखेको छ। भने, विनोद भण्डारी, लोकेश बम, आकाश चन्द रासिद खानलाई समावेश गरिएको छ।

नेपाली टिम- रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ सेख, विवेक यादव, रशिद खान, करण केसी, सागर ढकाल, प्रतिस जिसी, लोकेश बम, आकाश चन्द र अविनाश बोहोरा।

नेपालले मार्च ९ देखि १३ मार्चसम्म हङकङ,  नेपाल र पपुवान्यूगिनीसम्मिलित टी-२० सिरिज खेल्दै छन्।

त्रिकोणात्मक टी-२० सिरिजमा मार्च १० मा हङकङ र नेपाल खेल्ने छन्। भने, मार्च १२ मा दुई खेल हुने छन्। मार्च १२ मा पिएनजी र नेपाल पहिलो खेलमा खेल्ने छन् भने दोस्रो खेलमा हङकङ र पिएनजी खेल्ने छन्।

मार्च १३ मा त्रिकोणात्मक टी-२० सिरिजको फाइनल खेल हुने छन् भने फाइनलमा नपुग्ने देशले हङकङ ए सँग तेस्रो स्थानको लागि खेल्ने छ।

साथै सिरिज अघि हङकङ र नेपालबीच मार्च ९ मा फ्रेन्डसिप कप हुने हङकङ क्रिकेट बोर्डले जानकारी दिएको छ।

प्रकाशित मिति: : 2024-03-03 09:48:00

प्रतिकृया दिनुहोस्