एमालेकाे प्रश्न- प्रधानमन्त्री हराउनुभयो, खोज्न उच्चस्तरीय समिति बनाउनुपर्ने हाे?

प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदमा प्रधानमन्त्रीको खोजी गरेको छ।

प्रतिनिधिसभाको शुक्रबारकाे बैठकको विशेष समयमा बाेल्दै एमाले सांसद सूर्य थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ हराएको भन्दै खोजी गर्न सभामुखलाई ध्यानाकर्षण गराएका गराए।

उनले संसद्मा उठेका विषयमा प्रधानमन्त्रीबाट जवाफ दिन भन्दै फागुन ६, १०, ११, १३ र १४ गतेको बैठकमार्फत सरकारलाई रुलिङ भएकामा अहिलेसम्म त्यसको कार्यान्वयन नभएकाे बताए।

‘सरकार जवाफदेही भएन, सरकार हरायो। प्रधानमन्त्री हराउनुभयो। प्रधानमन्त्रीको खोजी गर्नुपर्‍यो’, उनले भने, ‘प्रधानमन्त्री खोज्न संसदले एउटा उच्चस्तरीय समिति बनाउनुपर्ने हो कि संसद् स्थगित गर्नुपर्ने हो?’

मिटरब्याजपीडितका समस्या, दूध किसानले आफ्नो उत्पादनको मूल्य नपाएका, बालकुमारी घटनालगायत विषयमा सांसद थापाले सरकारको ध्यानाकर्षण गराए।

प्रकाशित मिति: : 2024-03-01 11:52:00

प्रतिकृया दिनुहोस्