‘सत्य–स्वरुप’लाई पितृशोक

गायक तथा संगीतकार दाजुभाइ सत्यराज र स्वरुपराज आचार्यलाई पितृशोक परेको छ।

सत्य–स्वरुपका पिता भजन शिराेमणि भक्तराज आचार्यको ८१ वर्षको उमेरमा निधन भएकाे छ।

साेमबार अपराह्न ३ बजे ललितपुरकाे मेडिसिटी अस्पताल लैजाने क्रममा उनकाे बाटाेमै निधन हाे।

उनकाे शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि मंगलबार बिहान नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा राखिने जनाइएको छ। 

झण्डै ४०० गीतमा स्वर तथा संगीत दिएका उनी लामो समयदेखि बिमारी रहेका थिए। स्वरसम्राट नारायणगोपालका समकालीन गायक उनले कयाैं चर्चित गीतहरू गाएका छन्। 

प्रकाशित मिति: : 2024-02-26 17:47:00

प्रतिकृया दिनुहोस्